Kathmandu Press

मर्स्याङदी जलविद्युत् आयोजनाको बाँधस्थलमा शव फेला

मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थलमा तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का १५ वर्षीय सोमबहादुर गुरुङको शव फेला परेको हो।
मर्स्याङदी जलविद्युत् आयोजनाको बाँधस्थलमा शव फेला

तनहुँ, वैशाख १८ : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित जलविद्युत् आयोजनाको बाँधस्थलमा एक युवकको शव फेला परेको छ।

मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थलमा तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थायी घर भई हाल गोरखा नगरपालिका–१४ यांकोटमा डेरा गरी बस्ने १५ वर्षीय सोमबहादुर गुरुङको शव फेला परेको हो। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

तत्कालै सनाखत हुन नसके पनि पछि आफन्तको सहयोगमा उनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति: १९:४३ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्