Kathmandu Press

कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा आचार्य

उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको कार्यकारी निर्देशकमा उनलाई नियुक्त गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा आचार्य

काठमाडाैं, वैशाख १७ : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन्।

उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको कार्यकारी निर्देशकमा उनलाई नियुक्त गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा आचार्य विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन्। त्यसैगरी उनले नेपाली कांग्रेसका विभिन्न समितिमा रहेर काम गरिसकेको मुख्यसचिव पौडेलले बताए।

प्रकाशित मिति: १७:५६ बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्