Kathmandu Press

महावीर पुनका मागप्रति घरेलु तथा साना उद्योग महासंघको ऐक्यबद्धता

महासंघका अध्यक्ष उमेशप्रसाद सिंह नेतृत्वको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको छ।
महावीर पुनका मागप्रति घरेलु तथा साना उद्योग महासंघको ऐक्यबद्धता

काठमाडाैं, वैशाख १९ : नेपाल घरेलु तथा साना उद्योग महासंघले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलनमा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंह नेतृत्वको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको छ।

Hardik ivf

धर्ना स्थलमा महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, महासंघ केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष  रोशनी उपाध्याय, महासचिव डम्बरप्रसाद रेग्मी, सचिव दीपक बुढालगायतको ऐक्यबद्धताका लागि सहभागिता रहेको थियो।

आफ्ना मागहरूसहित धर्नामा बसिरहेका महावीर पुन र आविष्कार केन्द्रका टोलीसँगको भेटमा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्नुपर्ने तथा अनुसन्धान र नवप्रवर्तनका लागि हरेक वर्ष विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने कुरा महासंघले पनि उठाउँदै आएको भन्दै यसको पूर्ण समर्थन रहेको बताए।

महासंघका अध्यक्ष सिंहले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउँदै पुन र आविष्कार केन्द्रले उठाएका विषय र मागहरू सान्दर्भिक भएको बताउए।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले आफ्नो अभियानमा संस्थागत उपस्थिति र ऐक्यबद्धता जनाएकामा महासंघको टोलीलाई धन्यवाद दिँदै लघु, घरेलु तथा साना उद्योगहरुमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सहकार्य गरिने बताए। 

उनले अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन बनाउनुपर्ने, अनुसन्धान केन्द्रबाट उत्पादन भएका वस्तुको बजारीकरणका लागि नीति नियम बनाउनुपर्ने, कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउन ‘नवउद्यमी प्रवर्द्धन समिति’ बनाउनुपर्ने, नवउद्यमी बन्न चाहने नेपालीका लागि अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्ने  आफ्नो माग दोहोर्‍याए।

प्रकाशित मिति: १७:५२ बजे, सोमबार, वैशाख १८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्