लिग कपको फाइनलमा एस्टन भिल्ला
काठमाडौं, माघ १५ : लेस्टर सिटीलाई हराउँदै एस्टन भिल्ला इङ्ग्लिश फुटबल लिग (ईएफएल), कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा लेस्टर सिटीलाई ३&n....

काठमाडौं, माघ १५ : लेस्टर सिटीलाई हराउँदै एस्टन भिल्ला इङ्ग्लिश फुटबल लिग (ईएफएल), कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा लेस्टर सिटीलाई ३–२ गोले हराउँदै भिल्ला फाइनलमा पुगेको हो ।
मंगलबार राति भएको दोस्रो लेगमा लेस्टर सिटीलाई दुई–एकले हराउँदै एस्टन भिल्ला जित नजिक पुगेको हो । लेस्टरको मैदानमा भएको पहिलो लिग एक–एक गोलको बराबरीमा सकिएको थियो । भिल्लाको मैदानमा भएको दोस्रो लिगमा महमुद ट्रेजेग्वेटले इन्ज्युरी समयमा गोल गरेपछि घरेलु टोलीले फाइनलको यात्रा तय गरेको हो ।
खेलको १२औँ मिनेटमा म्याट टार्गेटले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए । खेलको ७२औँ मिनेटमा केलेची इहानाचोले लेस्टरका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए । इन्ज्युरी समयको तेस्रो मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै एस्टन भिल्लालाई फाइनलमा पुर्याए ।
लिग कपको उपाधिका लागि एस्टन भिल्लाले म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।











