Kathmandu Press

रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु

दुर्घटनामा गंगादेव गाउँपालिका–२ ओइलाम निवासी १५ वर्षीय तिलक वलीकाे मृत्यु भएकाे छ।
रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु

रोल्पा, वैशाख १७ : रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा गंगादेव गाउँपालिका–२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक श्याम सारुमगरले जानकारी दिए।

Hardik ivf

तुलसीपुरदेखि रोल्पाको गंगादेव गाउँपालिका–६ ताप्लातर्फ आउँदै गरेको लु१ज ४७५५ नम्बरको डबल क्याप जीप आज बेलुकी १६ः३० बजेको समयमा रोल्पाको गंगादेव गाउँपालिका–२ हेलुमखोलास्थित दुर्घटना भएको प्रहरीले जनाएको छ।

जीप ओरालो कच्ची बाटोमा अचानक बे्रक फेल र स्टेरिङले काम नगरी सडकबाट करिब तीन सय मिटर तल खसी दुर्घटना भएको प्रहरी प्रमुख सारुमगरले बताए।

जीपमा सवार चालकसहित १० जनामध्ये नौ घाइते भएका छन्। घाइतेलाई तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले बताएको छ।

प्रकाशित मिति: २१:०४ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्