Kathmandu Press

कांग्रेस पाँचथर-काठमाडौं सम्पर्कसमितिमा नयाँ नेतृत्व

सो समितिको सभापतिमा लक्ष्मीनारायण तिमिल्सिना उपसभापतिमा गोमादेवी आङ्देम्बे र धनेद्रराज आङ्देम्बे निर्वाचित भएको सभापति तिमल्सिनाले जानकारी दिए।
कांग्रेस पाँचथर-काठमाडौं सम्पर्कसमितिमा नयाँ नेतृत्व

काठमाडौं, वैशाख १७ : नेपाली कांग्रेस पाँचथर काठमाडौंँ सम्पर्क समितिमा  नयाँ नेतृत्व चयन भएको छ। राजधानीमा सम्पन्न तेस्रो अधिवेशनले २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

सो समितिको सभापतिमा लक्ष्मीनारायण तिमिल्सिना उपसभापतिमा गोमादेवी आङ्देम्बे र धनेद्रराज आङ्देम्बे निर्वाचित भएको सभापति तिमल्सिनाले जानकारी दिए।

यसैगरीे सचिवमा जीवन ढुङ्गेल र टीका अधिकारी, सहसचिवमा अनिल सेलिङ र छत्रबहादुर भण्डारी एवं कोषाध्यक्षमा पुनम फागो निर्वाचित भएका छन्। अधिवेशनमा सहभागी वक्ताले पार्टीले अब  सच्चिएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

नयाँ दल चुनौतीको रुपमा स्थापित भएकाले अब सक्किने कि सच्चिने भन्ने अवस्थासँगै चुनौती थपिएको उनीहरुले बताए। अधिवेशनले जिल्लाका पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने सङ्कल्प प्रस्तावसमेत पारित गरेको थियो।

प्रकाशित मिति: १४:३८ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्