Kathmandu Press

बाजुरामा भूकम्पको धक्का महसुस

बिहान ११ बजेर २८ मिनेट जाँदा बाजुराको बिच्छ्या आसपास केन्द्रबिन्दु भएको ३.६ म्याग्निच्युडको कम्पन मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बाजुरामा भूकम्पको धक्का महसुस

काठमाडौं, वैशाख १६ : पश्चिम नेपालमा सानातिना भूकम्पहरू गइरहेका छन्।

आज (शनिबार) पनि बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान भूकम्पको एउटा धक्का मापन गरिएको हो।

बिहान ११ बजेर २८ मिनेट जाँदा बाजुराको बिच्छ्या आसपास केन्द्रबिन्दु भएको ३.६ म्याग्निच्युडको कम्पन मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसअघि बाजुरा नै केन्द्रबिन्दु भएर १० घण्टाको अन्तरालमा भूकम्पका पाँच धक्का मापन गरिएको थियो।

प्रकाशित मिति: १४:५५ बजे, शनिबार, वैशाख १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्