Kathmandu Press

गायिका आस्थाविरुद्ध अभियोगपत्र दर्ता, आजै छुट्न सक्ने

काठमाडौं, माघ १४ : गायिका आस्था राउतविरुद्ध प्रहरीले अनुसन्धान पूरा गरेर अभियोगपत्र दायर गरेको छ।

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मंगलबा....

गायिका आस्थाविरुद्ध अभियोगपत्र दर्ता, आजै छुट्न सक्ने

काठमाडौं, माघ १४ : गायिका आस्था राउतविरुद्ध प्रहरीले अनुसन्धान पूरा गरेर अभियोगपत्र दायर गरेको छ।

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयका अभियोगपत्र दर्ता गरिएको हो।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोगपत्र दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका सहायक न्यायाधिवक्ता नुमराज खनालले बताए। ‘हामीले अभियोगपत्र दायर गरेका छौं, अब थुनछेकको बहस हुन्छ,’ उनले भने, ‘बहस सकिएपछि आजै साधारण तारेखमा वा धरौटीमा रिहा गर्ने आदेश हुनसक्छ।’

अहिले थुनछेक बहसका लागि गायिका रावतलाई जिल्ला प्रशासन कार्यालय लगिएको छ। प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बहस सुनेपछि साधारण तारेख वा धरौटीमा छोड्न सक्नेछन्।

माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठसँग गायिका रावतको भनाभन भएको थियो। प्रहरीले त्यसकै आधारमा दुव्र्यवहारको मुद्दा चलाएको हो।

उनी सोमबार बिहान आफै प्रहरीमा उपस्थित भएकी थिइन्। प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयबाट चार दिनको म्याद लिएको थियो।

उनलाई सामान्य भनाभनमा प्रहरीले यातना दिन खोजेको भन्दै चर्को विरोध भइरहेको छ। प्रहरीले अधिकारको दुरुपयोग गरेको भन्दै संसदमा समेत यो विषय उठेको छ।

आज राष्ट्रिय सभा बैठकमा सांसद कोमल वलीले यो विषय उठाएकी थिइन्। प्रहरीले अधिकार दुरुपयोग गरेर सताएको जिकिर गरेकी थिइन्।

प्रकाशित मिति: १५:४५ बजे, मंगलबार, माघ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्