Kathmandu Press

रनको वर्षा भएको खेलमा लखनउले पञ्जाबलाई हरायो

मोहालीमा भएको लखनउ सुपर जायन्ट्स र पञ्जाब किंग्सबीचको खेलमा कुल ४५८ रन बन्यो।
रनको वर्षा भएको खेलमा लखनउले पञ्जाबलाई हरायो

काठमाडाैं, वैशाख १६ : आईपिएल अन्तर्गत शुक्रबार राति भएको खेलको खेलमा रनको वर्षा भयो। मोहालीमा भएको लखनउ सुपर जायन्ट्स र पञ्जाब किंग्सबीचको खेलमा कुुल ४५८ रन बन्यो।

रनको वर्षा भएको खेलमा लखउनले पञ्जाब किंग्सलाई ५६ रनले हरायो। यो जितसँगै लखउन तालिकाको दोस्रो स्थानमा पुगेको छ।

मोहालीमा पहिला ब्याटिङ गर्दै लखनउले दिएको २५८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको पञ्जाबले १ बल बाँकी छँदा अलआउट हुँदै २०१ रन बनायो।

Hardik ivf

उसका लागि अथर्व टैडेले ३६ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६६ रन बनाए । उनको आईपिएलको पहिलो अर्धशतक हो। यस्तै, सिकन्दर राजा २२ बलमा ४ चौका र १ छक्कासहित ३६ र जितेश शर्मा १० बलमा ३ छक्कासहित २४ रन बनाउँदा लियाम लिभिङस्टोन २३ र साम करन २१ रन बनाए।

लखनउका लागि यश ठाकुरले ३.५ ओभरमा ३७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै, नविन उल हकले ३, रवि विश्रोईले २ र मार्कस स्टाइनिसले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५७ रनको विशाल योगफल बनायो । यो आईपिएल इतिहासको दास्रो र मोहालीका सर्वाधिक ठूलो योगफल हो। आइपिएलमा सर्वाधिक ठूलो योगफल २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरले पुणे वारियर्सविरुद्ध ५ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो।

उसका लागि मार्कस स्टोइनिसले ४० बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७२ रन बनाए। यस्तै, कायल मेयर्सले २४ बलमा ७ चौका र ४ छक्कासहित ५४ रन बनाउँदा आयुष बदोनीले २४ बलमा ४३ र निकोलस पुरन १९ बलमा ४५ रन बनाए।

पन्जाबका कागिसो रबाडाले २ तथा अर्शदीप सिंह, साम करन र लियाम लिभिङस्टोनले समान १ विकेट लिए।

 

प्रकाशित मिति: ०८:१४ बजे, शनिबार, वैशाख १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्