Kathmandu Press

संसदमा शुभकामना दिँदै देउवाले भने, ‘तपाई सबैको सभामुख हो’

काठमाडौं, माघ १४ : नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिँदै कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै पार्टीको नभएर सबैको सभामुख भएको बताएका छन....

संसदमा शुभकामना दिँदै देउवाले भने, ‘तपाई सबैको सभामुख हो’

काठमाडौं, माघ १४ : नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई शुभकामना दिँदै कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै पार्टीको नभएर सबैको सभामुख भएको बताएका छन्।

मंगलबार संसद्मा शुभकामना मन्तव्य राख्दै देउवाले भने, ‘तपाई कुनै पार्टीको सभामुख होइन, सबै सबैको सभामखु हो। सबैलाई समेटर अघि बढ्नु होला।’ उनले आफ्नो पार्टीको पूर्ण सहयोग रहने बताए।

पूर्वप्रधानमन्त्री देउवाले एमसीसीलाई रोकेर राख्न नहुने बताए। उनले भने, ‘एमसीसी म प्रधानमन्त्री भएको वेला मात्रै होइन, धेरै पहिलेदेखि आएको हो। यति ठूलो सहयोग भएको छैन। चिनियाँ राजदूतले आपत्ति छैन भनिसकेको छ। किन रोकिएको छ?’

उनले कोरोला भाइरस नियन्त्रणका लागि सरकारले पहलकदमी लिनुपर्ने बताए। उनले कोरोला भाइरसको जोखिम नियन्त्र गर्न चौविसै घण्टा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्नु पर्ने बताए।

 

प्रकाशित मिति: १५:०४ बजे, मंगलबार, माघ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्