‘उपनिर्वाचनको नतिजाबाट आत्तिनुपर्दैन’
‘उपनिर्वाचनमा पराजित हुँदैमा कांग्रेस कमजोर हुँदैन, विगतमा पनि कांग्रेस कहिले पहिलो र कहिले दोस्रो दल बनेकै हो।’
कैलाली, वैशाख १५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले उपनिर्वाचनको नतिजाबाट कांग्रेसले आत्तिनुनपर्ने बताएकी छिन्।
नेपाल प्रेस युनियन कैलालीले धनगढीमा गरेको कार्यक्रममा उनले उपनिर्वाचनका दुई स्थानमा पराजित हुँदैमा कांग्रेस कमजोर नहुने बताइन्। उनले भनिन्, ‘उपनिर्वाचनमा पराजित हुँदैमा कांग्रेस कमजोर हुँदैन, विगतमा पनि कांग्रेस कहिले पहिलो र कहिले दोस्रो दल बनेकै हो।’
उनले कांग्रेसप्रति आकर्षण नघटेको बताइन्। युवालाई लोकतान्त्रिक पार्टीका पक्षमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा विशेष ध्यान दिनुपर्ने उनले बताइन्।
कांग्रेसकै नेतृत्वमा विगतमा देशमा विकास निर्माणका ठूला काम भएको बताउँदै सांसद डा. राणा देउवाले पार्टीले गरेको कामको प्रचारप्रसार गरेर सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरिन्।
प्रकाशित मिति: २१:१४ बजे, शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












