अभिषेक रिजाल ‘ए’ डिभिजन छाडेर ‘बी’ डिभिजन लिग खेल्न माल्दिभ्सतिर
काठमाडौं, माघ १४ : नेपाली फुटबलमा पछिल्लो समय आशा लाग्दा स्ट्राइकर हुन्, अभिषेक रिजाल। उनै अभिषेक अहिले माल्दिभ्स पुगेका छन्।
उनी काठमाडौंमा....

काठमाडौं, माघ १४ : नेपाली फुटबलमा पछिल्लो समय आशा लाग्दा स्ट्राइकर हुन्, अभिषेक रिजाल। उनै अभिषेक अहिले माल्दिभ्स पुगेका छन्।
उनी काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगबीचमै छाडेडर ‘बी’ डिभिजन लिग खेल्न माल्दिभ्स पुगेका हुन्। उनी माल्दिभ्सको ‘बी’ डिभिजन क्लब जेजे स्पोर्टस्मा आवद्ध भएका छन्। जेजे स्पोर्टस् त्यही क्लब हो, जहाँ नेपाली यू–२३ टिमका गोलकिपर अर्पण कार्की पनि खेलिरहेका छन्।
अभिषेक मच्छिन्द्र क्लबबाट ‘ए’ डिभजिन लिग खेलिरहेका थिए। लिगमा ८ खेल खेलेका उनी गोल गर्न असफल थिए। उनी लिग सुरू हुनु अघि मात्र मनाङ छाडेर मच्छिन्द्रमा आवद्ध भएका थिए।
मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले अभिषेकले बीचमै क्लब छाड्दा क्लबको प्रदर्शनमा असर गर्ने बताए। ‘उनी राम्रा खेलाडी हुन्। हामीले लिग जित्ने अभियानसहित उनलाई भित्र्याएका थियौं। उनको अभाव पक्कै खड्किने छ,’ प्रशिक्षक कटुवालले भने, ‘अभिषेकले माल्दिभ्स जान क्लबसँग रिलिज गरिदिन आग्रह गरेका थिए। हामी लामो छलफलपछि उनलाई रिजिल गरेको हौं।’
प्रशिक्षक कटुवालले अभिषेकले माल्दिभ्समा खेख्न चाहेको र उनलाई रिलिज नगर्दा पनि उनले आफ्नो शतप्रतिशत प्रदर्शन गर्ने अवस्था नभएकाले क्लबले बाटो फुकुवा गरिदिएको बताए।
एन्फा एकेडेमीका उत्पादन अभिषेकले गत वर्ष चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलमार्फन् राष्ट्रिष्य टिममा डेब्यू गरेका थिए। डेब्यू खेलमै गोल गर्दै उनले आफ्नो प्रभाव छोडेका थिए।
त्यसयता उनी राष्ट्रिय टिमका नियमित सदस्य हुन्। १३औं सागमा नेपालले फुटबलमा स्वर्ण दिलाउने क्रममा अभिषेकले उत्कृष्ट प्रदर्शन गरेका थिए।











