बाजुरामा भूकम्पको धक्का
काठमाडौं, माघ १४ : बाजुरामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ। बिहान ७ः५९ बजे चार दशमलव दुई रेक्टरको भूकम्प गएको भूकम्प मापक केन्द्र काठमाडौंले जना....

काठमाडौं, माघ १४ : बाजुरामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ। बिहान ७ः५९ बजे चार दशमलव दुई रेक्टरको भूकम्प गएको भूकम्प मापक केन्द्र काठमाडौंले जनाएको छ।
भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले बताए।
उनका अनुसार सो क्षेत्रमा कुनै पनि बस्ती नभएको र बीच बाटो भएकाले केही क्षति भएको छैन।
प्रकाशित मिति: १३:१२ बजे, मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











