टिपरले किचेर युवकको मृत्यु, आफन्तद्वारा प्रदर्शन
सुर्खेत, माघ १४ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ।
कालीकोट महावै गाउँपालिका&ndash....

सुर्खेत, माघ १४ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ।
कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई आज बिहान टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए। उनका अनुसार सिंह सवार रहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिएको थियो।
मृतकका आफन्तले ऐरिचौक र गौतमचोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिइको र मृतक परिवारलाई शव बुझाउन छलफल भइरहेको जनाएको छ।
प्रकाशित मिति: १३:०१ बजे, मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











