Kathmandu Press

राष्ट्रिय हितलाई ध्यानमा राखेर एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ

काठमाडौं, माघ १४ : सत्तारुढ नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसिसी)बारे राष्ट्रिय ह....

राष्ट्रिय हितलाई ध्यानमा राखेर एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ

काठमाडौं, माघ १४ : सत्तारुढ नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसिसी)बारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताएका छन्।

मंगलबार प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीका पदाधिकारीसँग आफ्नो निवास हात्तिवनमा कुराकानी गर्दै उनले एमसिसीलाई राष्ट्रिय हितका आधारमा हेरेर निर्णयमा पुगिने बताएका हुन्। पुस ७ गते सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले एमसीसी निर्णयको जिम्मेवारी पार्टीको सचिवालयलाई दिएको थियो।

उनले नेपालमा कम्युनिष्ट पार्टीको एकता र निर्वाचनबाट जनमत प्राप्तिसँगै शान्तिपूर्ण प्रतिस्पर्धा र उन्नत लोकतन्त्रको मार्गबाट नयाँ ढाँचाको वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्यका साथ नेकपा अघि बढेको बताए।

‘क्रान्तिको यो नयाँ प्रयोगलाई विश्व समुदायले हेरिरहेको छ। कम्युनिष्ट र समाजवादी कित्ताले नेपालको क्रान्ति सफल भएमा त्यसको पाठ हुने दृष्टिले तथा पूँजीवादी र साम्राज्यवादी कित्ताले कम्युनिष्ट नेतृत्व स्थापित होला कि भन्ने शङ्काको दृष्टिले हेरिरहेको छ। त्यसकारण समृद्धि र समाजवादकोे कार्यभार पूरा गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्छ,’ उनले भने।

 

प्रकाशित मिति: १२:१२ बजे, मंगलबार, माघ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्