Kathmandu Press

कञ्चनपुरमा नालामा डुबेर महिलाको मृत्यु

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्ने क्रममा पुर्नवास नगरपालिका–१०  कालिका मन्दिरका ३२ वर्षीया तारा विष्टको मृत्यु भएको हो।
कञ्चनपुरमा नालामा डुबेर महिलाको मृत्यु

कञ्चनपुर, वैशाख १४ : कञ्चनपुरको पुर्नबास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्ने क्रममा पुर्नवास नगरपालिका–१०  कालिका मन्दिरका ३२ वर्षीया तारा विष्टको मृत्यु भएको हो।

प्रहरीका अनुसार नालामा महिला डुबेको देखेपछि स्थानीय बालबालिकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पु¥याएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:३१ बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्