Kathmandu Press

बाक्लो हुस्सुमा ट्रक ठोक्किँदा तीनको मृत्यु, नौ घाइते

बुटवल, माघ १४ : बाक्लो हुस्सुले गर्दा दुइटा ट्रक एक–आपसमा ठोक्किँदा रुपन्देहीको रोहिणी गाउँपालिका–४ स्वीलिहवामा तीन जनाको मृत्यु भएको छ भन....

बाक्लो हुस्सुमा ट्रक ठोक्किँदा तीनको मृत्यु, नौ घाइते

बुटवल, माघ १४ : बाक्लो हुस्सुले गर्दा दुइटा ट्रक एक–आपसमा ठोक्किँदा रुपन्देहीको रोहिणी गाउँपालिका–४ स्वीलिहवामा तीन जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

आज बिहान साढे ५ बजे भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार पाल्ही नन्दन गाउँपालिका–४ का लालु कुर्मी र भविकन कुर्मी तथा पूर्णबहादुर भुजेलको मृत्यु भएको छ। पूर्णबहादुरको ठेगाना नखुलेको प्रहरीले जनाएको छ।

दुर्घटनामा नौ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको जनाएको छ। उनीहरुको भैरहवा मेडिकल कलेज र भिम अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार, भीम अस्पतालमा तनहुँका वीरेन्द्र गुरुङ, नवलपरासीको पाल्हीनन्दनका अखिलेश यादव, मनिष धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजन छन्। वीरेन्द्र ट्रक चालक हुन्।

त्यस्तै, भैरहवा मेडिकल कलेजमा नवलपरासीको पाल्हीनन्दन–४ का विनोद धवल, दुधही हरिजन, मोहन राय र सुवास कुर्मीको उपचार भइरहेको छ।

मंगलबार बिहान भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवातर्फ आइरहेको लु १ ख ६७४५ नम्बरको ट्रक एक–आपसमा ठोक्किँएका हुन्।

तिव्र गतिमा रहेका दुवै ट्रक बाक्लो हुस्सुका कारण एक–आपसमा ठोक्किँएको प्रहरकिो अनुमान छ। केही दिनदेखि तराईमा बाक्लो हुस्सु लागेको छ।

प्रकाशित मिति: ११:४४ बजे, मंगलबार, माघ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्