Kathmandu Press

कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्यो

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित हुनेमा अधिकांश भारतबाट नेपाल फर्किनेहरु छन। 
कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्यो

कञ्चनपुर, वैशाख १४ : पछिल्लो एक सातायता कञ्चनपुरमा कोरोना सङ्क्रमण बढेको छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित हुनेमा अधिकांश भारतबाट नेपाल फर्किनेहरु छन। 

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन शिद्धराज भट्टले भारतबाट आउनेमा सङ्क्रमण देखिएको बताए। 'पहिला जस्तो सिकिस्त बिरामी पर्ने खालको देखिएको छैन।' उहाँले भन्नुभयो, 'अहिले सीमानाका गड्डाचौकीमा भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण जाँच भइरहेको छ।' 

Hardik ivf

यहाँको बेलौरी नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित देखिएका छन। जिल्लामा जम्मा सक्रिय सङ्क्रमित २६ जनामध्ये २४ जना बेलौरीकै छन्। बैलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराले सङ्क्रमित हुने अधिकांश भारतबाट आएका रहेको बताए। 

'बुधबार शङ्कास्पद १६ जनाको परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ।' उनले भने, 'अहिले शंकास्पद बिरामीको मात्रै परीक्षण गर्ने गरेका छौं।'
    
गड्डाचौकी हेल्थ डेस्क प्रमुख प्रिति बोहराले भारतबाट आउनेमा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो। 'बुधबार तीन जनामा सङ्क्रमण देखिएको छ।' उनले भने, 'अहिले घर फर्किनेको सङ्ख्या कम छ।' बुधबार नाकामा एक सय ४९ जनाको कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको हो। अहिले कञ्चनपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ रहेको छ।

प्रकाशित मिति: १४:५८ बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्