Kathmandu Press

सभामुख सापकोटाकाे मुद्दा न्यायाधीश सपना मल्लको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं, माघ १४ : सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

गत शुक्रबार वरिष्ठ अधिवक्ता दिन....

सभामुख सापकोटाकाे मुद्दा न्यायाधीश सपना मल्लको इजलासमा सुनुवाइ हुँदै
फाइल फाेटाे

काठमाडौं, माघ १४ : सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख नबनाउँन र सभामुख बनाउने प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उनीविरुद्ध हत्या अभियोगको मुद्दा विचाराधिन रहेकाले सभामुख बनाउनु नहुने जिकिर गर्दै अन्तरिम आदेशको माग गरिएको थियो।

द्वन्द्वको समयमा काँभ्रेका अजुर्न लामाको अपहरणपछि हत्या गरिएको थियो। उनको हत्यामा सापकोटा पनि संलग्न रहेको भन्दै परेको मुद्दा अदालतमा जारी छ। त्यसको सुनुवाइ माद्द २२ गते तोकिएको छ।

त्यसै मुद्दालाई आधार बनाइ वरिष्ठ अधिवक्ता त्रिपाठीले रिट दायर गरेका थिए। त्यो रिटको आइतबार न्यायाधीश हरि फुयाँलको इजलासमा सुनुवाइ तोकिएको थियो। तर, न्यायाधीश फुयाँलले हेर्न नमिल्ने भएपछि सुुनुवाइ हुन सकेको थिएन्।

त्यसपछि सोमबार न्यायाधीश मल्लको इजलासमा परेको थियो। समय अभावले हेर्न नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

आज न्यायाधीश मल्लकै इजलासमा सुनुवाइ हुने भएको हो। उनको इजलासमा आज एउटा मात्रै मुद्दा रहेको छ।

सापकोटाले भने सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएर पदभार ग्रहण गरिसकेका छन्। उनी आइतबार प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।

प्रकाशित मिति: ११:०९ बजे, मंगलबार, माघ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्