Kathmandu Press

बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकाले नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए।
बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

बैतडी, वैशाख १४ : बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका–७० वर्षीय वृद्ध रहेका छन् । 

पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकाले नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए।   

Hardik ivf

गत पुसमै बालिकामाथि बलात्कार भएको भए पनि आरोपित वृद्धले घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिँदै आएकाले ढिला गरी घटना बाहिरिएको हो। पीडित बालिकाकी आमाले वृद्धको नाममा जाहेरी दिएपछि उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।  

उनीमाथि जबरर्जस्तीकरणीसम्बन्धी मुद्दा दर्ता भइ १० दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पीडित बालिकाको स्वास्थ्यपरीक्षण गरिएको र रिपोर्ट आउँन बाँकी रहेको प्रहरी निरीक्षक चौधरीको भनाइ छ।

प्रकाशित मिति: १४:५५ बजे, बिहीबार, वैशाख १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्