भक्तपुरमा दिगु पूजा सम्पन्न
पूजामा बोकाको बलि दिने गरिन्छ। स्थानीय केशव कासुलाले दिगु पूजाका अवसरमा कूल परिवारका प्रायः सबै जना जमघट हुने र पूजाआजा गरिसकेपछि सोही स्थानमा प्रसाद खाने प्रचलन रहेको बताए।
भक्तपुर, वैशाख १४ : भक्तपुरमा बिहीबार दिगु (देवाली) पूजा गरिएको छ। भक्तपुरका अधिकांश किसान परिवारले उक्त पूजा गरेका हुन्।
पूजामा बोकाको बलि दिने गरिन्छ। स्थानीय केशव कासुलाले दिगु पूजाका अवसरमा कूल परिवारका प्रायः सबै जना जमघट हुने र पूजाआजा गरिसकेपछि सोही स्थानमा प्रसाद खाने प्रचलन रहेको बताए।
दिगु पूजामा बेलविवाह गरेका छोरीलाई सजाएर पूजा गर्ने चलन रहेको संस्कृतिविद्हरुको भनाइ छ।
भक्तपुरमा तःपुखु (सिद्धपोखरी), रानीपोखरी, चोंगागणेश, कमलविनायकलगायत ठाउँमा दिगु द्यः (देवाली देउता) रहेको स्थानीयहरुको भनाइ छ।
प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
