Kathmandu Press

भक्तपुरमा दिगु पूजा सम्पन्न

पूजामा बोकाको बलि दिने गरिन्छ। स्थानीय केशव कासुलाले दिगु पूजाका अवसरमा कूल परिवारका  प्रायः सबै जना जमघट हुने र पूजाआजा गरिसकेपछि सोही स्थानमा प्रसाद खाने प्रचलन रहेको बताए।
भक्तपुरमा दिगु पूजा सम्पन्न

भक्तपुर, वैशाख १४ : भक्तपुरमा बिहीबार दिगु (देवाली) पूजा  गरिएको छ। भक्तपुरका अधिकांश किसान परिवारले उक्त पूजा गरेका हुन्।

पूजामा बोकाको बलि दिने गरिन्छ। स्थानीय केशव कासुलाले दिगु पूजाका अवसरमा कूल परिवारका  प्रायः सबै जना जमघट हुने र पूजाआजा गरिसकेपछि सोही स्थानमा प्रसाद खाने प्रचलन रहेको बताए।

Hardik ivf

दिगु पूजामा बेलविवाह गरेका छोरीलाई सजाएर पूजा गर्ने चलन रहेको संस्कृतिविद्हरुको भनाइ छ।

भक्तपुरमा तःपुखु (सिद्धपोखरी), रानीपोखरी, चोंगागणेश, कमलविनायकलगायत ठाउँमा दिगु द्यः (देवाली देउता) रहेको स्थानीयहरुको भनाइ छ। 

प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, वैशाख १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्