Kathmandu Press

गुल्मीमा जीप दुर्घटनामा सहचालकको मृत्यु

खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जीपका सहचालक बागलुङ बडिगाड–९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको छ।
गुल्मीमा जीप दुर्घटनामा सहचालकको मृत्यु

गुल्मी, वैशाख १४ : गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

गए राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जीपका सहचालक बागलुङ बडिगाड–९ का १८  वर्षीय  किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

Hardik ivf

दुर्घटनामा परी जीप चालक बडिगाड–९ का २१ वर्षीय प्रेमबहादुर केसी गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास लगिएको छ।

 

प्रकाशित मिति: ११:०२ बजे, बिहीबार, वैशाख १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्