लुम्बिनीमा सरकार गठनका लागि दिइएको समय आज सकिँदै
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई भन्दा बढी दलहरूको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित बिहीबार (आज) अपराह्न ४ बजेभित्र दाबी पेस गर्न भनिएको छ ।
काठमाडौं, वैशाख १४ : लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि दिइएको समय आज सकिँदै छ । मंगलबार प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई भन्दा बढी दलहरूको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित बिहीबार (आज) अपराह्न ४ बजेभित्र दाबी पेस गर्न भनिएको छ ।
लिला गिरीको नेतृत्वको सरकारले सोमबार विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको आह्वान गरिएको हो ।
प्रकाशित मिति: ०८:३३ बजे, बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार