Kathmandu Press

जनप्रतिनिधिसँग समता फाउन्डेसनको राष्ट्रिय सम्मेलन

जनप्रतिनिधिसँग समता फाउन्डेसनको राष्ट्रिय सम्मेलन

काठमाडौं, वैशाख १३ : समता फाउन्डेशनले जनप्रतिनिधिसँग राष्ट्रिय सम्मेलन गरेको छ। फाउन्डेसनले जनप्रतिनिधिहरुसँग ‘आत्मसम्मानको खोजी : दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक राष्ट्रिय सम्मेलन गरेको हो।

सम्मेलनमा तीनै तहका निर्वाचित दलित जनप्रतिनिधिहरू संघीय सांसद, प्रदेशसभा सदस्य, नगरपालिकाका मेयर तथा उपमेयर, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरूका साथै नागरिक समाज तथा विज्ञ व्यक्तिहरूको उपस्थिति थियो।

दलित समुदायका विविध मुद्दामा साझा बुझाइ स्थापित गरी कार्यगत एकता बढाउने, दलित जनप्रतिनिधिहरूका अनुभव र सिकाइ आदान–प्रदानका लागि संवादको वातावरण निर्माण गर्ने सम्मेलन आयोजना गरिएको हो।

Hardik ivf

तीन दिनसम्म चलेको सम्मेलनमा पहिलो दिन सहभागी जनप्रतिनिधिहरूले आफ्नो अनुभव सुनाएका थिए भने उनीहरूबीच समूहगत कार्य गरी प्रत्येक प्रदेशबाट त्यसको निचोड प्रस्तुत गरिएको थियो ।

सम्मेलनको दोस्रो दिनको उद्घाटन सत्रमा दलित अधिकार सुनिश्चित गर्नका निम्ति मानव–साङ्लोसहित प्रतिबद्धता व्यक्त गरिएको थियो । त्यसपछि ‘दलित अधिकार संविधान तथा कानून कार्यान्वयनको अवस्था र चुनौती’, ‘समावेशी समानुपातिक प्रतिनिधित्वः विद्यमान निर्वाचन प्रणाणीका चुनौती र अवसर’, ‘नीतिनिर्माण र कार्यान्वयनमा दलित जनप्रतिनिधि र दलित आन्दोलनको भूमिका’ तथा ‘दलित समुदायको आर्थिक मूलप्रवाहीकरण’ जस्ता विषयवस्तुमा विषय विभिन्न कार्यपत्र प्रस्तुत गरी त्यसमा छलफल गरिएको थियो।

सम्मेलनबाट दलित सरोकारका दुई महत्त्वपूर्ण मुद्दाहरू संविधान तथा कानूनले सुनिश्चित गरेका दलित हक अधिकार, कार्यान्वयनमा भएका चुनौती, समानुपातिक समावेशी सिद्धान्त र निर्वाचन प्रणालीमा भएका चुनौती तथा दलित समुदायको आर्थिक मूलप्रवाहीकरण सम्बन्धमा अवलम्बन गर्नुपर्ने प्रक्रिया तथा नीतिनिर्माण र कार्यान्वयनमा दलित जनप्रतिनिधि र दलित आन्दोलनको भूमिका सम्बन्धमा स्पष्ट र साझा बुझाइ स्थापित भई दलित अधिकार सुनिश्चितताका लागि सामूहिक रूपमा प्रयत्न गर्ने प्रतिवद्धता गरिएको छ।

सम्मेलनले २०८० जेष्ठ २१ र २२ गते देशभरिका स्थानीय तहका जनप्रतिनिधिहरूको काठमाडौंमा प्रथम राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको छ।

सम्मेलनमा गरिएको प्रतिवद्धतालाई कार्यान्वयन गर्नको लागि २१ बुँदे काठमाडौं घोषणापत्र जारी गरिएको छ।

यस्तो छ घोषणा पत्रः  

प्रकाशित मिति: १८:३४ बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्