Kathmandu Press

बैतडीको तल्लो स्वराड औलोको  जोखिममा : विषादी छर्किने अभियान

सरकारले प्रत्येक दुई वर्ष वडास्तरको सूक्ष्मस्तरीकरण गरी औलो जोखिमयुक्त वडा पहिचान गर्दछ। सूक्ष्मस्तरीकरणमा मेलौली–४ र पञ्चेश्वर–६ उच्च जोखिममा रहेको देखाएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
बैतडीको तल्लो स्वराड औलोको  जोखिममा : विषादी छर्किने अभियान

बैतडी, वैशाख १३ : बैतडीको तल्लो स्वराड क्षेत्र औलोको उच्च जोखिममा रहेको छ। जिल्लाका सबै स्थानमा औलोको जोखिम रहेको भए पनि  विशेष गरेर मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिका उच्च जोखिममा रहेको हो।  

सरकारले प्रत्येक दुई वर्ष वडास्तरको सूक्ष्मस्तरीकरण गरी औलो जोखिमयुक्त वडा पहिचान गर्दछ। सूक्ष्मस्तरीकरणमा मेलौली–४ र पञ्चेश्वर–६ उच्च जोखिममा रहेको देखाएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

Hardik ivf

उनले भने, 'सरकारले सन् २०२३ सूक्ष्मस्तरीकरण गरेका आधारमा यी दुई वडा उच्च जोखिममा देखाएको छ। लामखुट्टेको प्रजाति, जीवाणु, त्यहाँ देखिएका सङ्क्रमणको तथा सर्भेको आधारमा उच्च जोखिममा राखिएको हो।'

यसैबीच, औलो उच्च जोखिममा रहेका वडाहरुमा रोग नियन्त्रणका लागि लामखुट्टे नष्ट गर्न विषादी छर्कने अभियान सञ्चालन गरिएको छ। मेलौली–४ र पञ्चेश्वर ६ नम्बर वडामा रहेका प्रत्येक घरधुरीमा विषादी छर्किने अभियान सञ्चालन गरिएको प्रमुख भट्टले बताउनुभयो। 

‘शून्य औलो अबको थालनीस नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित विश्व औलो दिवसका अवसरमा पारेर लामखुट्टे नष्ट अभियान सुरु भएको हो।  औलो लामखुट्टेबाट सर्ने रोग भएकाले लामखुट्टे नष्ट अभियान थालिएको हो। उनले भने, 'उच्च जोखिम रहेका दुवै वडाका प्रत्येक घरधुरीमा विषादी छर्किने अभियान सुरु भएको छ। यो अभियान दुई हप्तासम्म सञ्चालन हुन्छ।'

विषादी छर्किनका लागि तालिम प्राप्त पाँचजनाको टोली परिचालन गरिएको छ। दुवै वडामा रहेका पाँचसय बढी घरधुरीमा विषादी छर्किने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।  

यसका साथै औलो रोगबाट बच्नका लागि यहाँका  विभिन्न पालिकाहरुले सचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन्। पछिल्लो समयमा पहाडी क्षेत्रमा समेत औलोको जोखिम बढ्दै गएको छ। पहाडी क्षेत्रमा लामखुट्टे भित्रिएसँगै औलोका बिरामी फेला पर्न थालेका हुन्।  

औलोबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ। यसका लागि झूलको प्रयोग गर्नुपर्ने, आफ्नो घर वरिपरिको वातावरण सफा राख्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव रहेको छ।

प्रकाशित मिति: १३:५३ बजे, बुधबार, वैशाख १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्