Kathmandu Press

मनमोहन अधिकारीको २४औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइयाे

स्मृति दिवसका अवसरमा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले बुधबार ललितपुरको सानेपामा आयोजित कार्यक्रममा अधिकारीको सालिकमा माल्यार्पण गर्नुका साथै र उनका विचार र योगदानको स्मरण गरिएको थियो।
मनमोहन अधिकारीको २४औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइयाे

काठमाडाैं, वैशाख १३ : प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २४औँ स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ।.

स्मृति दिवसका अवसरमा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले बुधबार ललितपुरको सानेपामा आयोजित कार्यक्रममा अधिकारीको सालिकमा माल्यार्पण गर्नुका साथै र उनका विचार र योगदानको स्मरण गरिएको थियो। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेल, पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतले अधिकारीको शालिकमा पुष्पगुच्छा अर्पण गरी उहाँप्रति सम्मान प्रकट गरेका थिए।

Hardik ivf

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको राजनीतिमा दुई ध्रुव देखापरेको र एमालेले राजनीति स्थायीत्वको कुरा गर्ने गरेको बताए। अर्को पक्ष सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धनका रुपमा रहेको उनले बताए। पोखरेलले गठबन्धनले मुलुकलाई गलत दिशातर्फ लैजाने काम गरिरहेको आरोप लगाए।

विसं २०५१ मा प्रधानमन्त्री निर्वाचित अधिकारी नेतृत्वको सरकारको पालामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम, ‘आफ्नो गाउँ, आफैं बनाउँ’र ‘नौ स’को अभियानजस्ता अभियान सुरु गरेका थिए।

अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो।

 

प्रकाशित मिति: १३:३० बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्