Kathmandu Press

नयाँ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गरौं : भट्टराई

भट्टराईले एक–अर्काको अनुभवबाट सिक्दै देशको अर्थ,राजनीति र भू-राजनीतिको विशिष्ठता अनुकुल नयाँ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न पनि आह्वान गरेका छन्। 
नयाँ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गरौं : भट्टराई

काठमाडौं, वैशाख १३ : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ पार्टीहरुको उदय सकारात्मक भएको बताएका छन्। 

भट्टराईले एक–अर्काको अनुभवबाट सिक्दै देशको अर्थ,राजनीति र भू-राजनीतिको विशिष्ठता अनुकुल नयाँ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न पनि आह्वान गरेका छन्। 

Hardik ivf

डा भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्– 
एक दशकदेखि देशमा नयाँ शक्ति, वैकल्पिक शक्तिको पैरवीकर्ताको नाताले पछिल्लो चरणमा रास्वपा,जनमत,नागरिक उन्मुक्ति लगायतका एक दशकदेखि देशमा नयाँ शक्ति, वैकल्पिक शक्तिको पैरवीकर्ताको नाताले पछिल्लो चरणमा रास्वपा, जनमत, नागरिक उन्मुक्ति लगायतका नयाँ पार्टीहरूको उदय सकारात्मक ठान्दछु ।

सबैले एकअर्काका अनुभवबाट सिकौं। देशको अर्थ, राजनीति र भूराजनीतिको विशिष्ठता अनुकुल नयाँ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गरौं । 

प्रकाशित मिति: ०८:११ बजे, बुधबार, वैशाख १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्