Kathmandu Press

एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन : उपमहासचिव रिमाल

अर्थतन्त्र संकटमा पर्न नदिन एमालेले जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो। अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षका रुपमा एमालेले खबरदारी जारी राख्ने उनको भनाइ छ।
एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन : उपमहासचिव रिमाल

धादिङ, वैशाख १२ : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताएका छन्।

पार्टीको  ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका क्रममा धादिङमा उपमहासचिव रिमालले एमाले जिम्मेवार प्रतिपक्ष बनेर खवरदारी गर्ने बताए।

अर्थतन्त्र संकटमा पर्न नदिन एमालेले जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो। अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षका रुपमा एमालेले खबरदारी जारी राख्ने उनको भनाइ छ।

फरक प्रसङ्गमा रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको बताए।

प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्