Kathmandu Press

पुरानो बसपार्ककाे प्रहरी बिटमा महानगरले लगयाे डाेजर

महानगरले काठमाडौं भ्यूटावर नजिक पुरानो बसपार्कमा रहेको सडकपेटीको प्रहरी बिट डोजर लगाएर हटाएको हो ।
पुरानो बसपार्ककाे प्रहरी बिटमा महानगरले लगयाे डाेजर
Hardik ivf

काठमाडाैं, वैशाख १२ : काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा फुटपाथ मिचेर बनाएका संरचना हटाएको छ । महानगरले काठमाडौं भ्यूटावर नजिक पुरानो बसपार्कमा रहेको सडकपेटीको प्रहरी बिट डोजर लगाएर हटाएको हो ।

फुटपाथ क्षेत्रलाई खाली गर्ने महानगरको नियमित कार्य अन्तर्गत सो क्षेत्रको सडक पेटीमा रहेको संरचना हटाएको महानगरले जनाएको छ ।  

काठमाडौं महानगरपालिकाले उक्त विटमा रहने प्रहरीहरुलाई काठमाडौं महानगरपालिकाको २८ नम्बर वडा कार्यालय परिसरमा अस्थायी रुपमा व्यवस्थापन गरेको छ ।

प्रकाशित मिति: १४:३९ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्