Kathmandu Press

बारपाकमा मनाइयो भूकम्प स्मृति दिवस

बारपाकमा मनाइयो भूकम्प स्मृति दिवस
Hardik ivf

गोरखा भूकम्प गएको आठ वर्ष पुगेको अवसरमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरुङलगायत उपस्थित भएका थिए । समारोहमा गृहसचिव विनोदप्रकाश सिंह, सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य, गाउँपालिकाका पदाधिकारीको पनि सहभागिता रहेको सो गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिएका छन् ।

विसं २०७२ वैशाख १२ गते सोही गाउँपालिकाको वडा १ र २ स्थित बारपाक केन्द्रविन्दु भएर ७.८ रेक्टर स्केलको महाभूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु भएको गाउँपालिका भएकाले आज विशेष समारोहको आयोजना गरी भूकम्पबाट जोगिने उपायलगायतका विषयमा जनचेतना जगाउन स्मृति दिवस मनाएको अध्यक्ष भट्टले जानकारी दिएका छन् ।

प्रकाशित मिति: १४:१७ बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्