Kathmandu Press

स्थानीय तहबाटै श्रम स्वीकृति

नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएका हुन्।
स्थानीय तहबाटै श्रम स्वीकृति

कञ्चनपुर, वैशाख १२ : कञ्चनपुरमा स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्न थालिएको छ। यहाँका बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले श्रम स्वीकृति प्रदान गर्न थालेका छन्।

नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएका हुन्।

सोमबार भीमदत्त नगरपालिकाले दुईजना स्थानीयलाई श्रम स्वीकृत प्रदान गरेको छ। वडा नं.९ का आनन्द सिंह रावत र वडा नं ८ भवान सिंह भण्डारीलाई नगरको रोजगार सेवा केन्द्रमा आवेदन गरी श्रम स्वीकृति प्राप्त गगरे। श्रम स्वीकृति लिनका लागि काठमाडौं जानुपर्ने बाध्यता हटेको सेवाग्राही बताउँछन्।

‘काठमाडौं पुग्न बढी खर्चिलो झन्झटिलो हुन्थ्यो । स्थानीय तहबाटै श्रमस्वीकृति पाउन थालेपछि धेरै नै सहज भएको छ,’ भीमदत्त नगरपालिकाका उप–प्रमुख नीलम लेखक जोशीले भने।

भीमदत्त नगरपालिकाका रोजगार संयोजक मीनबहादुर महराले सरकारले गरेको व्यवस्थाअनुसार स्थानीय तहबाटै सेवा सुरु गरिएको बताए। गत चैत १६ गते मन्त्रिस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो।

 

प्रकाशित मिति: १४:०० बजे, मंगलबार, वैशाख १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्