२०७२ सालको शक्तिशाली भूकम्पको आठ वर्ष, सुलीकोट गाउँपालिकामा बिदा
राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्याङ्क अनुसार सो भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३०० भन्दा बढी घाइते भएका थिए । भूकम्पका ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए ।
काठमाडौँ, वैशाख १२ : २०७२ सालको भूकम्पको आठ वर्ष पूरा भएको छ । वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो ।
राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्याङ्क अनुसार सो भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३०० भन्दा बढी घाइते भएका थिए । भूकम्पका ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए ।
राज्यले भूकम्पपीडितको वासस्थानलाई खर्च गरेको बताए पनि अझै पीडितहरूले सुरक्षित बास पाएका छैनन् भने घाइतेहरूको अवस्था दयनीय रहेको छ । यसैबीच गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र बिदा दिएको छ ।
गाउँपलिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरूको सम्झनामा भूकम्प स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।