Kathmandu Press

सभामुख सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा, भोलि फेरि बहस हुने

काठमाडौं, माघ १३ : सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामाथि सुनुवाइ सुरु भएको छ। 

सापकोटालाई सभामुखमा निर्वा....

सभामुख सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा, भोलि फेरि बहस हुने

काठमाडौं, माघ १३ : सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामाथि सुनुवाइ सुरु भएको छ। 

सापकोटालाई सभामुखमा निर्वाचित हुनबाट रोक्न माग गर्दै परेको रिटमाथि न्यायाधीश सपना मल्ल प्रधानको इजलासमा सोमबार सुनुवाइ भएपनि बहस नसकिएपछि मंगलबार पुनः सुनुवाइ हुने भएको हो। बहस नसकिएपछि सभामुख सापकोटाविरुद्धको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ। 

यसअघि आइतबार सर्वोच्चका न्यायाधीश हरि फुयालले सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्ने भएपछि सोमबारका लागि पेशी तोकिएको थियो। मुद्दामाथि रिट दायर गर्ने अधिवक्ता त्रिपाठीसहित अधिवक्ता सुनील पोखरेल, ओमप्रकाश अर्याल, अन्नत लुइँटेल लगायतले बहस गरेका थिए। 

अधिवक्ता त्रिपाठीले हत्या अभियोगसम्बन्धी रिट अदालतमा विचाराधीन रहेकाले सापकोटालाई सभामुखमा निर्वाचित गर्न नहुने जिकिरसहित शुक्रबार रिट दायर गरेका थिए। यद्यपि सापकोटा सभामुखमा आइतबार निर्विरोध निर्वाचित भइसकेका छन्। 

२०६२ सालमा तत्कालीन माओवादीको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप सभामुख सापकोटामाथि छ। उक्ता मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ। 

प्रकाशित मिति: १७:०२ बजे, सोमबार, माघ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्