Kathmandu Press

रसुवामा साढे दुई किलो सुनसहित ६ जना पक्राउ

रसुवा, माघ १३ : रसुवाको टिमेरेमा साढे दुई किलो सुनसहित ६ जना पक्राउ परेका छन्। 

रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको ना १ झ ३५४२ ....

रसुवामा साढे दुई किलो सुनसहित ६ जना पक्राउ
फाइल

रसुवा, माघ १३ : रसुवाको टिमेरेमा साढे दुई किलो सुनसहित ६ जना पक्राउ परेका छन्। 

रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको ना १ झ ३५४२ नम्बरको गाडी  चेकजाँचका क्रममा साढे दुई किलो सुन फेला परेको हो। सुनसहित गाडीमा रहेका ६ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, टिमुरेका प्रहरी निरीक्षक कमल नेपालले जानकारी दिए।

पक्राउ पर्नेमा दोलखाको तामाकोशी–५ का २३ वर्षीय कुलनारायण श्रेष्ठ, सिन्धुपाल्चोकको भोटेकोशी–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शर्पा, २३ वर्षीय शुक्पा लामा, ३२ वर्षीय सुवास तामाङ र १९ वर्षीय साँङ शेर्पा रहेको प्रहरी निरीक्षक नेपालले बताए। उनका अनुसार तामाकोशीका कुलनारायण गाडीका चालक हुन्। 

सुनका दुई वटा ढिक्का शरीरमा र तीन वटा गाडीको चालकले टेक्ने म्याटमुनि लुकाएर राखेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १६:५४ बजे, सोमबार, माघ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्