कोरोना भाइरसका बिरामीलाई एचआईभीको औषधि !
काठमाडौं, माघ १३ : चीनमा कोरोना भाइरसका बिरामीहरुलाई बचाउन एचआईभी एड्सविरुद्धको औषधि लोपीनाभिर र रिटोनाभिरको प्रयोग गरिएको छ।
बेइजिङका ....

काठमाडौं, माघ १३ : चीनमा कोरोना भाइरसका बिरामीहरुलाई बचाउन एचआईभी एड्सविरुद्धको औषधि लोपीनाभिर र रिटोनाभिरको प्रयोग गरिएको छ।
बेइजिङका तीन वटा अस्पतालमा भर्ना भएका बिरामीको उपचारका क्रममा एचआईभीविरुद्धको औषधि प्रयोग गरिएको बेइजिङ नगरपालिका स्वास्थ्य आयोगले पुष्टि गरेको हो।
‘बेइजिङको बेइजिङ डिटान अस्पताल, बेइजिङ उहान अस्पताल र पीएलए जनरल अस्पतालमा कोरोना भाइरसबाट ग्रसित बिरामीलाई बचाउन यस्तो खालको औषधि चलाउन सुरु गरिएको हो,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
लोपीनाभिर र रिटोनाभिर एन्टी रेट्रोभाइरल औषधिहरु हुन् जसले एचआईभीलाई स्वस्थ कोशिकासँग जोडिनबाट जोगाउँछ।
कोरोना भाइरसबाट चीनमा अहिलेसम्म ८० जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरस चीनसँगै एसियाका केही मुलुक, अमेरिका, अष्ट्रेलिया र फ्रान्समा पनि फैलिसकेको छ।











