बालुवाटारको जग्गा अनियमितता गर्नेमाथि छिट्टै कारबाही अघि बढ्छ: मन्त्री अर्याल
काठमाडौं, माघ १३ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माककुमारी अर्यालले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता गर्नेम....

काठमाडौं, माघ १३ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माककुमारी अर्यालले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता गर्नेमाथि छिट्टै कारबाही अघि बढ्ने बताएकी छिन्।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले जटिल विषय भएकाले अनुसन्धानमा समय लागेको बताइन्। अनुसन्धानमा कमजोरी भए अदालतले प्रश्न उठाउन सक्ने भएकाले विधि पुर्या एर अनुसन्धान गरिएको मन्त्री अर्यालले बताइन्।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको विषयमा अहिले मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १५:५२ बजे, सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











