Kathmandu Press

गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, माघ १३ : गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार गायिका राउतलाई चार दिन ....

गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न अनुमति
फाइल

काठमाडौं, माघ १३ : गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार गायिका राउतलाई चार दिन थुनामा राख्न अनुमति दिएको हो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जानकारी दिए। प्रहरीले गायिका राउतलाई थुनामा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयमार्फत सात दिनको समय मागेको थियो। तर, भद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्न आफूले चार दिनको म्याद दिएको काठमाडौंका प्रजिअ दाहालले बताए।

गायिका राउत सोमबार बिहान काठमाडौं प्रहरी परिसर, टेकुमा हाजिर भएकी थिइन्।
 

प्रकाशित मिति: १५:२३ बजे, सोमबार, माघ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्