Kathmandu Press

टेस्ट क्रिकेटमा इंग्ल्यान्डले बनायो ५ लाख रन

काठमाडौं, माघ १३ : क्रिकेटकै सबैभन्दा पुरानो फर्म्याट टेस्ट क्रिकेटमा इंग्ल्यान्डले पाँच लाख रन पूरा गरेको छ।

दक्षिण अफ्रिका भ्रमणमा रहेको इ....

टेस्ट क्रिकेटमा इंग्ल्यान्डले बनायो ५ लाख रन

काठमाडौं, माघ १३ : क्रिकेटकै सबैभन्दा पुरानो फर्म्याट टेस्ट क्रिकेटमा इंग्ल्यान्डले पाँच लाख रन पूरा गरेको छ।

दक्षिण अफ्रिका भ्रमणमा रहेको इंग्ल्यान्डले चौथो टेस्टको पहिलो इनिङमा कप्तान जो रुटले बेउरन हेन्ड्रिक्समा कभरमा बल हान्दै एक रन बनाएसँगै इंग्ल्यान्डले टेस्ट क्रिकेटमा पाँच लाख रन पूरा गरेको हो।

टेस्ट क्रिकेटमा पाँच लाख रन बनाउने इंग्ल्यान्ड पहिलो टिम हो। यस क्रममा उसले १०२२ टेस्ट खेलेको छ। यो सूचीमा अस्ट्रेलिया दोस्रो स्थानमा छ। उसले ८३० टेस्टमा चार लाख ३२ हजार सात सय ६ रन बनाएको छ।

यस्तै, ५४० टेस्टमा दुई लाख ७३ हजार पाँच सय १८ बनाएको भारत तेस्रो स्थानमा छ भने दुई लाख ७० हजार चार सय ४१ रनका साथ वेस्टइन्डिज चौथो स्थानमा छ। वेस्टइन्डिजले ५४५ टेस्ट खेलेको छ।

यसैगरी इंग्ल्यान्ड घरबाहिर पाँच सय टेस्ट खेल्ने पहिलो टिम पनि बनेको छ। उसले घरबाहिर पाँच सयौं टेस्ट जनवरी १६ मा पोर्ट एलिजावेथमा दक्षिण अफ्रिकाविरुद्ध खेलेको थियो। ४०४ टेस्ट खेलेको अस्ट्रेलिया दोस्रो स्थानमा छ भने २६८ टेस्ट घरबाहिर खेलेको भारत तेस्रो स्थानमा छ।

 

प्रकाशित मिति: १५:०७ बजे, सोमबार, माघ १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्