Kathmandu Press

पशुपति क्षेत्रमा विशेष पूजा आराधना र वृक्षरोपण

पशुपति क्षेत्रमा विशेष पूजा आराधना र वृक्षरोपण

काठमाडौं, वैशाख १० : पशुपति क्षेत्र विकास कोषको ३७औँ वार्षिकोत्सवका अवसरमा पशुपतिनाथ, गुह्येश्वरी र वासुकीनाथको मन्दिरमा विशेष पूजा आराधना गरिएको छ।

पशुपति क्षेत्रमा कपुर, धूपी, रुद्राक्षलगायत जातका ३७ बिरुवा पनि रोपिएका छन्।

Hardik ivf

कोषको वार्षिकोत्सवमा राष्ट्र कल्याणको सङ्कल्पले तीनवटै मन्दिरमा पूजा, आराधना गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

कार्यक्रममा कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायत कर्मचारीको उपस्थिति थियो। 

कोषले पशुपति क्षेत्रका खाली जग्गामा धार्मिक प्रजातिका बिरुवा रोपी हुर्काउने नीति लिएको छ। एक कर्मचारी, एक बिरुवा हुर्काउने अभियान कोषको ३७औँ वार्षिकोत्सवका अवसरदेखि सुरु गरिएको उनले बताए।

विसं २०४३ वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले कोषको स्थापना भएको थियो।
 
कोषले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास गर्न प्रत्येक हप्ताको शनिबार विशेष सफाइ अभियान सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति: १३:३२ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्