Kathmandu Press

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पाण्डे

फाउण्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले कार्यव्यवस्ताका कारण फाउण्डेशनको तेस्रो केन्द्रीय कमिटी बैठकमा राजीनामा दिएपछि सचिवालय सदस्य पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो।  
मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पाण्डे

काठमाडौं, वैशाख १० : मदन भण्डारी फाउण्डेशनकी अध्यक्षमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जिम्मेवारी लिएका छन्।

फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले कार्यव्यवस्ताका कारण फाउण्डेशनको तेस्रो केन्द्रीय कमिटी बैठकमा राजीनामा दिएपछि सचिवालय सदस्य पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो।  

Hardik ivf

यस्तै फाउण्डेशनले यस वर्षदेखि मदन भण्डारी नवप्रतिभा राष्ट्रिय पुरस्कार पनि प्रदान गर्ने निर्णय गरेको छ।

सामुदायिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीबीच निबन्ध प्रतियोगिता गरी दिइने पुरस्कार राष्ट्रियस्तरमा रु. ४० हजार र प्रदेशस्तरमा रु सात हजारका दरले दिइने फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिए।

यसअघि फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गरिरहेको थियो।

उक्त तीनवटै पुरस्कार जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा असार १४ गते प्रदान गरिने फाउण्डेशनका सचिवालय सदस्य भण्डारीले जानकारी दिए।

प्रकाशित मिति: १२:५९ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्