Kathmandu Press

आज अक्षय तृतीया, जौको सातु खाएर मनाइँदै

जौको सातु र सर्बत वैशाखको गर्मीमा अमृत समान हुने हुँदा दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको चलिआएको परम्परा हो । जौको सातु र सर्बत खाएमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने स्वास्थ्य विज्ञले पनि बताउँदै आएका छन् ।
आज अक्षय तृतीया, जौको सातु खाएर मनाइँदै

काठमाडौं, वैशाख १० : हिन्दु धर्मावलम्बीले हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया आज मनाइँदै छ । आज जौको सातु खाएर  र दान गरेर अक्षय तृतीया मनाइन्छ ।

जौको सातु र सर्बत वैशाखको गर्मीमा अमृत समान हुने हुँदा दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको चलिआएको परम्परा हो । जौको सातु र सर्बत खाएमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने स्वास्थ्य विज्ञले पनि बताउँदै आएका छन् ।

आज वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै अक्षय फल प्राप्त हुने अर्थात् यस दिन गरेको शुभ कामबाट कहिल्यै नाश नहुने विश्वास रहेको नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. देवमणि भट्टराईले बताए ।

यस्तै, अक्षय तृतीयाकै दिन जन्मिएका परशुराम ऋषिको जन्मजयन्ती पनि आजै मनाइन्छ । अष्टचिरञ्जीवी मध्येका एक परशुराम वैशाख शुक्ल तृतीयाका दिन जन्मिएको विभिन्न पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको छ। परशुरामको भगवान विष्णुको छैटौँ अवतारका रूपमा जन्म भएको मानिएको छ । 

प्रकाशित मिति: ०८:३८ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्