Kathmandu Press

सभामुख सापकोटाले लिए सपथ

काठमाडौं, माघ १३ : प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्‍नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन्।

....

सभामुख सापकोटाले लिए सपथ

काठमाडौं, माघ १३ : प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्‍नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन्।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा सभामुख सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका हुन्। उनी आइतबार प्रतिनिधिसभाबाट निर्विरोध सभामुख निर्वाचित भएका थिए।

शीतल निवासमा आयोजित सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत संवैधानिक आयोगका प्रमुख, मन्त्रीहरू उपस्थित रहेका थिए।

सभामुख सापकोटा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका थिए। यस अघि उनी सञ्चार र वनमन्त्री भएका थिए।

उनकाे सपथग्रहण समाराेह चलिरहँदा राष्ट्रपति कार्यालय अगाडि भने अधिकारकर्मीले प्रदर्शन गरेका थिए।

 

प्रकाशित मिति: १२:३६ बजे, सोमबार, माघ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्