Kathmandu Press

सभामुख सापकोटाविरुद्ध राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन, १२ अधिकारकर्मी पक्राउ

काठमाडौं, माघ १३ : नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्ध राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गरिएको छ। प्रदर्शनमा उत्रिका अधिकारकर्मीलाई प्रहरीले पक्....

सभामुख सापकोटाविरुद्ध राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन, १२ अधिकारकर्मी पक्राउ
फाइल फाेटाे

काठमाडौं, माघ १३ : नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्ध राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गरिएको छ। प्रदर्शनमा उत्रिका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।

नवनिर्वाचित सभामुख सापकोटाले सपथग्रहण लिइरहेकावेला अधिकारकर्मीले राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। हत्या अभियोग लागेका व्यक्तिलाई सभामुख सपथग्रहण नगराउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा उत्रिका १२ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सापकोटाविरूद्ध मुद्दा लडिरहेकी पूर्णिमाया लामा, चरण प्रसाईं, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलिया रहेका छन्।

त्यस्तै, प्रदर्शन गरिरहेका विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण गजमेर,जेसिलिन राना, प्रशान्त त्रिपाठी र राजन कुइँकेललाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरूले निषेधित क्षेत्र तोडेकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीले बताए।

सापकोटा विरुद्धको मुद्दा विचाराधिन छ। उनीलाई सभामुख बनाउने प्रक्रिया रोक्न माग गरि सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुँदै छ।

प्रकाशित मिति: १२:११ बजे, सोमबार, माघ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्