Kathmandu Press

विश्व पृथ्वी दिवसका अवसरमा क्लिन अप प्रिमियर लिग अभियान

अभियान विश्व वातावरण दिवस जेठ २२ गतेसम्म सञ्चालन हुनेछ।
विश्व पृथ्वी दिवसका अवसरमा क्लिन अप प्रिमियर लिग अभियान

काठमाडौं, वैशाख ९ : विश्व पृथ्वी दिवसका अवसरमा स्वच्छ वातावरणका लागि युवाहरुलाई सक्रिय बनाउने उद्देश्यले क्लिन अप प्रिमियर लिग अभियान सुरु गरिएको छ।

मैनादेवी फाउन्डेसनले आयोजना गरेको अभियानअन्तर्गत शनिबार भद्रकाली प्लाजास्थित नेपाल टेलिकमको प्राङ्गणदेखि भद्रकाली मन्दिरसम्म र्‍यालीसहित सफाइ गरिएको छ।

Hardik ivf

र्‍यालीमा सहभागी विद्यार्थीले ‘प्रदूषण उन्मूलन गरौँ, वातारण बाचौँ’, ‘सबै नागरिकलाई ज्ञान दिऊँ, सरसफाइ अभियानमा ध्यान दिऊँ’ लेखिएका प्ले कार्ड बोकेका थिए। फाउन्डेसनका अध्यक्ष केपी खनालले युवाहरुलाई सरसफाइमा आकर्षित गर्न, स्वच्छतामा प्रतिस्पर्धा गराउने उद्देश्यले पनि अभियान सञ्चालन गरिएको जानकारी दिए।

अभियानअन्तर्गत प्रत्येक शुक्रबार र शनिबार बिहान पशुपतिनाथ मन्दिर, स्वयम्भू मन्दिर, वसन्तपुर क्षेत्र र बौद्धलगायत विश्व सम्पदा सूचीमा परेका क्षेत्र, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, कलङ्की र अन्य अति व्यस्त क्षेत्रमा १५ कलेजका विद्यार्थीले आआफ्नो पायक पर्ने क्षेत्रमा सरसफाइ गरिने बताइएको छ।

अभियान विश्व वातावरण दिवस जेठ २२ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: १४:४१ बजे, शनिबार, वैशाख ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्