Kathmandu Press

ओखलढुङ्गामा बोलेरो दुर्घटना, एकको मृत्यु, तीन घाइते

ओखलढुंगा, माघ १३ : ओखलढुङ्गामा आज बिहान बोलेरो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन्।

चम्पादेवी ....

ओखलढुङ्गामा बोलेरो दुर्घटना, एकको मृत्यु, तीन घाइते

ओखलढुंगा, माघ १३ : ओखलढुङ्गामा आज बिहान बोलेरो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन्।

चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा सोमबार बिहान बोलेरो  दुर्घटना हुँदा सिद्धडाँडाका ५५ वर्षीय सन्तोष विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६ः३० बजेको समयमा दुर्घटना भएको हो।  दुर्घटनामा सन्तोषको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले बताए।

दुर्घटनामा परेर चालक जीतबहादुर बस्नेत, कल्पना विश्वकर्मा र अमिता बुढाथोकी गम्भीर घाइते भएका छन्। कल्पना सन्तोषकी छोरी हुन्।

घाइतेको अवस्था गम्भीर रहेकाले स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर अस्पताल लैजाने तयारी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

बोलेरो सिद्धडाँडाबाट करिब पाँच सय मिटर तल गोपेखोला खसेको छ। साँघुरो सडकका कारण अनियन्त्रित भई बोलेरो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रकाशित मिति: ११:०५ बजे, सोमबार, माघ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्