नेपालमा कोरोना भाइरसको प्रकोप भयावह छैन : मन्त्री भट्टराई
काठमाडौं, माघ १३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल आउने पर्यटक कोरोना भाइरसबाट असुरक्षित महसुस गर्नुपर्ने अवस्था नरहेक....

काठमाडौं, माघ १३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल आउने पर्यटक कोरोना भाइरसबाट असुरक्षित महसुस गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।
सोमबार मन्त्रालयमा पर्यटन र हवाई क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा उनले नेपालमा कोरोना भाइरसको भयावह अवस्थामा नहरेको बताए। उनले भाइरसप्रति सरकार पूर्ण सचेत रहेको जनाउँदै नेपाल सुरक्षित गन्तव्य रहेको बताए।
मन्त्री भट्टराईले विमानस्थल र सीमा नाकामा हुने जाँचमा अत्याधुनिक उपकरण थप्न विमानस्थल तथा अन्य सरोकारवालालाई निर्देशन दिए। अध्यागमन र विमानस्थलका विभिन्न निकायमा खटिने कर्मचारीलाई सुरक्षित रहने उपाय अपनाउन आग्रह गरे।
उनले बिरामी भेट्नासाथ अस्पताल पठाउने व्यवस्था गर्न होटल व्यवसायीलाई आग्रह गरे। चीनबाट आउने जहाजलाई अन्य यात्रुसँग सम्पर्क नहुने गरि व्यवस्थापन गर्न उनले विमानस्थललाई निर्देशन दिएका छन्।
कार्यक्रममा विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले एकै पटक ठूलो संख्यामा आएका पर्यटकको ज्वरो नाप्न सकिने गरि उपकरण जडान गरिएको उनले बताए।











