सभामुखविरुद्धको मुद्दा न्यायाधीश मल्लको इजलासमा
काठमाडौं, माघ १३ : नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ।
द्वन्द्वक....

काठमाडौं, माघ १३ : नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ।
द्वन्द्वको समयमा काँभ्रेका अर्जुन लामाको अपहरणपछि हत्यामा संलग्न रहेको आरोपमा २०६८ मा सापकोटाविरुद्ध मुद्दा परेको थियो। त्यो मुद्दा अहिले विचाराधिन छ।
हत्या अभियोग लागेका व्यक्तिलाई सभामुख बनाउनु नहुने र उनलाई सभामुख बनाउने प्रक्रिया रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनको रिटमा आइतबार नै सुनुवाइ तोकिएको थियो।
तर, न्यायाधीश हरि फुयाँलको इजलासमा तोकिएको मुद्दा ‘हेर्न नमिल्ने’ भएपछि सुनुवाइ रोकिएको थियो। त्यहि रिटमा आज फेरि सुुनुवाइ तोकिएको हो।
आज न्यायाधीश मल्लको इजलासमा सुनुवाइ हुनेछ। यो मुद्दा मल्लको आजको इजलासको सातौं नम्बरमा रहेको छ।
सापकोटा आइतबार नै प्रतिनिधिसभाबाट सभामुख निर्वाचित भइसकेका छन्। आज सपथग्रहण गर्ने कार्यक्रम रहेको छ।











