Kathmandu Press

काठमाडौंको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट

शुक्रबार आज साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो।
काठमाडौंको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट

काठमाडौं, वैशाख ९ : काठमाडौंको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ।

शुक्रबार आज साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो।

Hardik ivf

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मासु पोल्दा प्रयोग हुने आगोको झिल्को अन्य ठाउँमा फैलिँदा पाँच सटर आगलागी भएर नष्ट भएको राससलाई जानकारी दिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र पानीको ट्याङ्करको सहायताले अहिले उक्त आगलागी नियन्त्रणमा आएको छ। आगलागीबाट कति क्षति भयो भन्नेबारे अहिलेसम्म खुलेको छैन।

प्रकाशित मिति: ०७:४७ बजे, शनिबार, वैशाख ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्