गायिका आस्था राउत प्रहरीमा हाजिर
काठमाडौं, माघ १३ : महिला प्रहरी जावनमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ पूजि जारी गरिएकी गायिका आस्था राउत प्रहरीमा हाजिर भएकी छिन्।
सोमब....

काठमाडौं, माघ १३ : महिला प्रहरी जावनमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ पूजि जारी गरिएकी गायिका आस्था राउत प्रहरीमा हाजिर भएकी छिन्।
सोमबार बिहान उनी परिवारका सदस्यसहित महानगरीय प्रहरी परिसर कार्यालय, टेकुमा उपस्थित भएकी हुन्। उनको स्वास्थ्य परीक्षण गरेर महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ।
त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा उनीविरुद्ध पक्राउ पूर्जि जारी गरिएको थियो। प्रहरी जवान श्रेष्ठले उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्।
उनको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।
उनी केही दिन भारतमा कार्यक्रममा रहेकी थिइन्। त्यहाँबाट फर्केपछि सोमबार बिहान आफै प्रहरीमा पुगेकी हुन्।
यस विषयमा आजै जिल्ला प्रशासन कार्यालयमा छलफल हुने जनाएको छ। गल्ती स्वीकार गर्दै उनी प्रहरीमा उपस्थित भएकाले सहमतिमा विवाद टुंग्याइने प्रहरीले जनाएको छ।











