Kathmandu Press

धुवाँ आउनेगरी सेकुवा पोले कारबाही

पुतली सडक, सिनामंगल क्षेत्रमा अरुलाई असर गर्ने गरी सेकुवा पोलेको भेटिएपछि महानगरपालिकाले नगर प्रहरीमार्फत सो कार्यमा रोक लगाउन भनेको हो।
धुवाँ आउनेगरी सेकुवा पोले कारबाही

काठमाडौं, वैशाख ८ : अब काठमाडौंका सडकपेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न नपाइने भएको छ। सेकुवा पोल्दा वायु प्रदूषण भएको, सडकपेटीबाट हिँड्ने यात्रुलाई सास्ती भएको भन्दै काठमाडौं महानगरपालिकाले सो कार्यमा रोक लगाउन सुरु गरेको हो।

पुतली सडक, सिनामंगल क्षेत्रमा अरुलाई असर गर्ने गरी सेकुवा पोलेको भेटिएपछि महानगरपालिकाले नगर प्रहरीमार्फत सो कार्यमा रोक लगाउन भनेको हो।

Hardik ivf

कल सेन्टर र वडाहरुमा सेकुवा पोलेको विष्यमा गुनासो आउने गरेको जनाइएको छ। महानगरपालिकाले यसै सातादेखि सेकुवा पसलहरुलाई सूचीत गराउन थालेको बताइएको छ।

सेकुवा पसलेले अरुलाई असर पर्नेगरी धुँवा निकाले सुरुमा सचेत गर्ने, त्यसपछि पनि नमाने कारबाही नै गर्ने महानगरपालिकाकाे तयारी छ।

प्रकाशित मिति: १५:१३ बजे, शुक्रबार, वैशाख ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्